तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटको खाँडाचक्रमा स्वतन्त्र र तिलागुफामा कांग्रेसका उम्मेदवार विजयी

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये दुई वटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ । 

दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख पदमा निर्वाचित भएका छन् ।

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी हुनुभएको हो । 

उहाँले २७९७ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुनुभयो । 

पाण्डेले २३६६ मत पाउनुभयो । उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का गणेशबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २५१५ ल्याएर विजय हुनुभएको हो । 

त्यस्तै, तिलागुफा नगरपालिकाको चुनावी परिणाम आएको तिलागुफा नगरपालिकामा कांग्रेसका शङ्करप्रसाद उपाध्यायले २९१६ मत ल्याएर विजयी हुनुभएको छ ।  उहाँले निक

उपप्रमुखमा नेकपा (एमाले)का महेन्द्रबहादुर शाही २७५६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र गीता थापाले २४१६ मत ल्याउनुभएको थियो । यस नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button