तपाईँ सुन्दै हुनुहुन्छः

सन्दकपुर गाउँपालिको अध्यक्षमा काँग्रेसका तुलाराम गुरुङ विजयी

इलाम । सन्दकपुर गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस तुलाराम गुरुङले चार हजार दुई सय २३ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उदय राईले ३ हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष पदमा गठबन्धन तर्फबाट एकिकृत समाजवादीका हरि लुङ्गेली एमालेकी उम्मेदवार तुलसादेवी सेडाईलाई ६ सय ५१ मत अन्तरले पछि पार्दै निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button