तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र अध्यक्ष, उपाध्यक्ष तथा ४ वटा वडामा अध्यक्षसहित पुरै प्यानल विजयी भएको छ । २ वटा वडामा भने नेपाली काँग्रेसको प्यानलले जितेको छ ।

परिवर्तन गाउँपालिका अध्यक्ष पदमा सुक बहादुर बुढाले ३ हजार ३ सय ११ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय २९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्ष पदमा माओवादीकी कलादेवी क्षेत्रीणी ३ हजार ३ सय ८७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना रोकाले २ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button