तपाईँ सुन्दै हुनुहुन्छः

हरिपुर नगरपालिकामा कांग्रेसका पञ्जियार विजयी

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार गोपाल पञ्जियारले ६९८० मत प्राप्त गरी विजय हुनुभएको छ ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार शुनिल कुमार बुढाथोकीले ३८८७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५५५२ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४०७६ मत प्राप्त गर्नुभएको छ । नौ वटा वडा रहेको हरिपुर नगरपालिकामा वडा नम्बर १र ३,माओवादी २ र ४ मा एमाले ५,६ ७ कांग्रेस ८,९ मा एकीकृत समाजवादीका वडाध्यक्ष विजयी भएका छन् ।

यसैक्रममा सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी दोस्रो कार्यकालको लागि विजयी हुनुभएको छ । नवनिर्वाचित साह र सहनी स्थानीय तह निर्वाचन २०७४मा पनि नेपाली कांग्रेस बाटै विजयी हुनुभएको थियो ।

साह ४हजार ४ सय ७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सहनीले ४ हजार ५ सय ४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

गाउँपालिका अध्यक्ष साहकोे निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष सहनीका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गर्नुभएको थियो । एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १ हजार ६ सय ७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिता कुमारी यादवले १ हजार ६ सय ३ मत प्राप्त प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्नुभएको छ । यो सँगै सर्लाहीको २० पालिकाहरू मध्ये दुई पालिकाको मत परिणाम अनुसारले नेपाली कांग्रेसले दुई पालिकामा जित निकालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button