तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको थवाङ गाउँपालिकामा माओवादी विजयी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । प्राप्त नतिजा अनुसार अध्यक्षमा माओवादीका ऋषि केशव बुढामगर २ हजार १ सय २२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दरजित रोकाले १ हजार ५ सय ६ मत प्राप्त गर्नुभयो ।

पाँच वटा वडा रहेको थवाङ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगर विजयी हुनुभएको छ । उहाँले पनि २ हजार १ सय २२ मत प्राप्त गर्नु भयो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले १ हजार ४ सय ६८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, वडा न. १ मा अध्यक्ष हरिप्रसाद बुढामगर, २ मा अध्यक्ष शर्मिला बुढामगर, ३ मा अध्यक्ष जनक बुढामगर तथा ५ मा अध्यक्ष गोवर्द्धन घर्ती मगर सहित पुरै प्यानल माओवादी केन्द्रको तर्फबाट विजयी हुनुभयो भने वडा न. ४ मा एमालेका उम्मेदवार हिकमत घर्ती मगर सहित पुरै प्यानल निर्वाचित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button