तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको १६ वडाका मत परिणाम सार्वजनिक

दोलखा । ९ पालिका र ७४ वटा वडा रहेको दोलखा जिल्लाको १६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

जसमा नेकपा एमाले पाँच वटा, नेपाली कांग्रेस चार वटा, नेकपा माओवादी केन्द्र पाँच वटा, नेकपा एकिकृत समाजवादी एक वटा र स्वतन्त्र उम्मेदवार एक वटा वडामा विजयी भएका छन् ।

प्राप्त विवरण अनुसार नेकपा एमालेबाट जिरी नगरपालिका–४ मा पदेमान जिरेल, बैतेश्वर गाउँपालिका–८ मा शान्त जिरेल, तामाकोशी गाउँपालिका–१ मा वसन्त थापा, मेलुङ गाउँपालिका–१ मा ईश्वर कोइराला र कालिन्चोक गाउँपालिका–१ मा पदम थामी विजयी भएका छन् ।

त्यसैगरी नेपाली काँग्रेसबाट भीमेश्वर नगरपालिका–१ मा माधव थामी, शैलुङ गाउँपालिका–१ मा वीर बहादुर घतानी, जिरी नगरपालिका–१ मा आङपासाङ शेर्पा र विगु गाउँपालिका–१ मा मेम बहादुर तामाङ विजयी भएका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट जिरी नगरपालिका–२ मा ङिमपल्दे शेर्पा, –३ मा खेटराज घिमिरे, बैतेश्वर गाउँपालिका–७ मा मीन कुमार शिवाकोटी, गौरीशङ्कर गाउँपालिका–१ मा प्रकाश खड्का र कालिन्चोक गाउँपालिका–२ मा विक्रम पाण्डे विजयी भएका छन् ।

त्यसैगरी मेलुङ गाउँपालिका–२ मा नेकपा एकिकृत समाजवादीका रामकृष्ण भण्डारी विजयी भएका छन् भने तामाकोशी गाउँपालिका–२ बाट स्वतन्त्र उम्मेदवार ईश्वर कार्की विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button