तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरू सञ्चालन गर्ने भएको छ ।

नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने जनाएको हो ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचना समेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख छ ।

साथै, विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई छ दिन नै सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button