तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा हालसम्म घोषित परिणाम

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका १ मा स्वतन्त्र उम्मेदवार अनिश गुरागाईँ विजयी भएका छन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका — १ को वडाध्यक्षमा  गठबन्धनकाबाट नेपाली काँग्रेसका उम्मेदवार सन्तोष लिङदेनको प्यानल नै  विजयी भएका छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका — २ को वडाध्यक्षमा नेकपा एमालेका रामेश्वर बाजी प्यानल नै  विजयी भएका छन् ।पाँचथरको फालेलुङ गाउँपालिका ६ को वडाध्यक्षमा गठबन्धनका अमरबिर राई सहित उनको प्यानल नै विजयी बनेको छ ।पाँचथरको फालेलुङ गाउँपालिका ८ को वडाध्यक्षमा गठबन्धनका श्रीहाङ केरुङ सहित उनको प्यानल नै विजयी बनेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका — १ को वडाध्यक्षमा गठबन्धनका होम प्रसाद आङदेम्बे प्यानल नै  विजयी भएका छन् ।पाँचथरको फाल्गुनन्द गाउँपालिका — २ को वडाध्यक्षमा  गठबन्धनका सन्तोष नेम्बाङको प्यानल नै  विजयी भएका छन् । गठबन्धन बाट नेपाली काँग्रेसका उम्मेदवार नेम्बाङले ५६९ मत प्राप्त गर्नुभएको होपाँचथरको एक मात्र नगरपालिका फिदिम १४ मा राजकुमार नेम्बाङ विजयी भएका छन्   ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेम्बाङले ७११ मत प्राप्त गर्नुभयो ।पाँचथरको तुम्बेवा गाउँपालिका — १ को वडाध्यक्षमा सत्तारुढ गठबन्धनका धन बहादुर कार्की विजयी भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धनबहादुर काकी विजयी हुनुभएको हो ।पाँचथरको याङवरक गाउँपालिका — २ को वडाध्यक्षमा नेकपा एमालेका राजेन्द्र खालिङको प्यानल नै  विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button