२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ, मुस्ताङ र डोल्पाका ८ पालिकाकाको मत परिणाम सार्वजनिक

रेडियो नेपाल २०७९ वैशाख ३१ गते १६:४५

काठमाडौँ । हालसम्म सार्वजनिक विवरण अनुसार मनाङ र मुस्ताङ र डोल्पा जिल्लाका ८ वटा पालिकाकाको मत परिणाम सार्वजनिक भएको छ ।  

जस अन्तर्गत काँग्रेसले ३ वटा पालिकामा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४ वटा,  नेकपा माओवादी केन्द्रले १ वटामा विजयी हासिल गरेको छ । 

मनाङको नार्पाभूमि गाउँपालिकामा लामा र चामे नार्पाभूमि गाउँपालिकामा घले विजयी
हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार  पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।  

सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गए राति १ बजे मतगणना सकिएको  हो । 

नार्पाभूमिको अध्यक्षमा नेपाली काँग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचित हुनुभएको छ । उहाँले १५८ मत पाएर निर्वाचित हुनुभएको हो । 

उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाउनुभएको थियो । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।

चामे गाउँपालिकामा घले विजयी
त्यस्तै, चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । 

उहाँले ३२० मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गर्नुभएको छ । चामेको उपाध्यक्षमा  काँग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित हुनुभएको छ । 

कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिनुभयो । 

जिल्ला ६२.६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । 

सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । 

नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ ।

चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७.८५ प्रतिशत मत खसेको थियो

मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले विजयी
हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का कान्छा घले निर्वाचित हुनुभएको छ । उहाँले ८६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९ मत प्राप्त गर्नुभएको छ । 

यस्तै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित हुनुभएको छ । 

उहाँले ७४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रिन्जेन ध्वर्जे गुरुङले ७१९ मत प्राप्त गर्नुभएको छ । 

मनाङ ङिस्याङ गाउँपालिकामा कूल तीन हजार ५३५ मतदातामध्ये एक हजार ६५७ मत मात्रै खसेको थियो । 

मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको हो । 

नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात् ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । 

चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । 

नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात् ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो । 

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । 

गुरुङले ८२० मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

उहाँले ९०२ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वीमा स्वतन्त्र अर्जुन गुरुङले ५९१ मत प्राप्त गर्नुभएको छ । 

मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको थियो । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताउनुभयो । 

सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । 

नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात् ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात् ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।

मुस्ताङको घरपझोङ गाउँपालिका दुई मतान्तरले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका लालचनले दुई मतान्तरले विजयी
मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गर्नुभएको हो । 

मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा नेपाली काँग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो । 

घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका उम्मेदवार विजयी हुनुभएको छ । 

घरपझोङ–४ को वडाध्यक्षमा काँग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमाले विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी हुनुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । अध्यक्षका प्रत्याशी नेपाली काँग्रेसका आङजेन गुरुङले ५७७ र उपाध्यक्षमा काङ्ग्रेसकै धेव आङवो गुरुङले ६७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शुक्रवार भएको मतदानमा ६७।०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो । वडा नम्बर १, ३ र ५ मा नेकपा एमालेका तथा वडा नम्बर २ र ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

वडा नं १ मा एमालेका प्रमेश गुरुङ, वडा नम्बर २ मा काँग्रेसका न्होरु गुरुङ, ३ मा एमालेका विनोद गुरुङ, ४ मा काँग्रेसका कर्म घ्याचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ विजयी हुनुभएको छ । 

पाँच वटा स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । 

मुस्ताङको लोघेकर दामोदर कुण्डमा एमालेका विष्ट विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी हुनुभएको हो ।  

नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाउनुभयो । 

उहाँका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाउनुभयो । कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए । 

लोघेकर दामोदरकुण्ड –१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । 

पाँच वडा रहेको लोघेकर दामोदर कुण्डमा एक हजार ४६२  मतदातामध्ये ९८० अर्थात् ६७.०३ प्रतिशत मत खसेको थियो । 

अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्थ्यो । 

डोल्पाको जगदुल्लाको अध्यक्षमा माओवादीका रोकाय विजयी
जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ । 

उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित हुनुभयो । 

त्यस्तै उपाध्यक्षमा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले  विजयी हुनुभएको छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित हुनुभयो ।

सम्बन्धित