२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ, ताराखोला–५ मा माओवादी केन्द्रका रोका विजयी

कोपिला कँडेल २०७९ वैशाख ३१ गते १६:४९

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ५ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मनबहादुर रोका विजयी हुनुभएको छ ।

वडा अध्यक्षमा ८ सय ५४ मत प्राप्त गर्दै रोका विजयी भएका हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गर्नुभएको छ ।

ताराखोला गाउँपालिका–५ को खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली काँग्रेसका तारानाथ कँडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी हुनुभएको छ ।

सम्बन्धित