तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी उपमहानगरपालिकाको मतगणना सुरु

धनगढी । धनगढी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । 

उपमहानगरपालिको नयाँ भवनमा केही बेरअघिदेखि मतगणना सुरु भएको हो । 

कडा सुरक्षा व्यवस्थाका बिच मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनुभयो । 

कुल ९३ हजार १५१ मतदाता रहेको धनगढी उपमहानगरपालिकामा ६३ हजार ४२३ मत खसेको थियो ।
उपमहानगरको मेयरमा काँग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द, स्वतन्त्र उम्मेदवार गोपाल हमाल चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button