तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडामा गठबन्धनको अग्रता

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।

जारी मतगणना अन्तरगत वडा १, २ र १९ को मतगणना जारी रहेको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार हेटौंडा–१ को ३ सय, २ को २ सय र १९ को एक सय मतगणना भएको छ ।

जसमध्ये मेयरमा गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिनुभएको छ । उहाँले १ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपकबहादुर सिंहले १ सय ७३ र नेकपा एमालेका उम्मेदवार अनन्त प्रसाद पौडेलले १ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँ अगाडि हुनुहुन्छ । उहाँले २ सय ८७ मत प्राप्त गर्दा एमाले उम्मेदवार सुमित्रा काफ्लेले १ सय ९८ मत प्राप्त गर्नुभएको ।

राप्रपाकी उम्मेदवार ईन्दिरा डल्लाकोटीले ४८ मत प्राप्त गर्नुभएको छ । ्

हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा शनिबार बिहानदेखि मतगणना जारी छ ।

हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ । वडाहरुमा पनि गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button