तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष नेपालद्वारा आयोगलाई धन्यवाद

फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ । 

उहाँले हिजो एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी सम्बद्ध सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिनुभएको हो । 

देशभर ७५३ स्थानीय तहका साथै छ हजार ७४३ वडामा शुक्रवार भएको निर्वाचनमा एक करोड ७७ लाख मतदातामध्ये करिब ६४ प्रतिशतले मतदान गरेका थिए  । 

विभिन्न १६ जिल्लाका २८ पालिकाको ४३ मतदान स्थल र ७७ मतदान केन्द्रमा निर्वाचन स्थगन भएकाले पुनः मतदान हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button