२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

अछामको बान्नीगढीमा गठबन्धनका उम्मेदवारको अग्रता

टेकराज भण्डारी २०७९ वैशाख ३१ गते १३:४०

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जारी मतगणनामा गठबन्धनका उम्मेदवारहरूको अग्रता देखिएको छ । 
वडा नम्बर ६ दर्नाको मतगणना जारी रहँदा गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारले ६०० मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवारले ५४२ मत प्राप्त गरेका छन् । 

गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार टेक बहादुर साउँदले प्रत्याशी नेकपा एमालेका उम्मेदवारसँग २०९ मतले अग्रता कायम गर्दा उपाध्यक्ष पदका उम्मेदवार निर्मला साउँदले प्रत्याशी उम्मेदवारसँग ११८ मतले अग्रता कायम गरेकी छन् । 

नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लोक बहादुर साउँदले ३९१ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका उम्मेदवार बिन्दु रावलले ४२४ मत प्राप्त गरेकी छन् । 

यस्तै वडा अध्यक्ष पदमा माओवादी केन्द्रका जगत थापाले ५३० मत प्राप्त गर्दा एमालेका उम्मेदवार चङ्ख रावतले ४०७ मत प्राप्त गरेका छन् । 

कुल १३९८ मत मध्य हालसम्म १०७४ मत गणना हुँदा २० मत पूर्ण रुपमा बदर भएका छन् भने अन्य मत आंशिक रुपमा बदर भएको निर्वाचन अधिकृत हरिस पन्तले जानकारी दिनुभयो । 

बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच चुनावी गठबन्धन भएको थियो । केहिबेरमा वडा नम्बर १ गाँज्राको मतगणना सुरु गर्ने तयारी रहेको छ ।

सम्बन्धित