२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको सम्सी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता 

रेडियो नेपाल २०७९ वैशाख ३१ गते १३:२२

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

पहिलो मत परिणाम अनुसार ६ सय मतमा काँग्रेसबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उत्तिमप्रसाद यादवले १ सत ८९ मत प्राप्त गर्नुभएको छ ।

यादवलाई पछ्याउँदै जनता समाजवादी पार्टीका, रामनाथ यादवले १ सय ५७ मत ल्याएका छन् । त्यस्तै जनमत पार्टीका राज किशोर चौधरीले ९० मत ल्याउनुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी उर्मिला देवी साहले १ सय ९४ मतसहित अग्रता लिनुभएको छ । जनता समाजवादी पार्टीका अनिता कुमारी १ सय ६५ मत ल्याउनुभएको छ । खसेको मत मध्ये १० मत बदर भएको छ । 

सम्बन्धित