मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।
जारी मतगणना अन्तगत वडा नम्बर १ को ५८४ मत गन्दा गाउँपालिका अध्यक्षमा नेकपा एमालेले ११८, नेपाली काँग्रेसले २९७, नेकपा (एकीकृत समाजवादी) ले ६५, राप्रपाले ७ र जसपा ले ४ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा नेकपा एमाले १०३, नेकपा माओवादी केन्द्र १२८, नेकपा (एकीकृत समाजवादी) ९९ र राप्रपाले ७ मत प्राप्त गरेको जनाइएको छ ।
यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेस – ३१८, नेकपा एमाले – १०५,नेकपा (एकीकृत समाजवादी) – ९८, राप्रपा – ३ मत प्राप्त गरेको छ ।