इलाम । सुर्योदय नगरपालिका १४ बतासे स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ सय ११ वर्षीय जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नु भएको छ ।
उक्त मतदान केन्द्रमा वृद्धाद्धारा मतदान गरी मतदान सुरु गरिएको जनाइएको छ । अधिकारीले अहिलेसम्म ८ पटकसम्म मतदान गरेको अनुभव सुनाउनुहुँदै यो उमेरमा पनि मतदान गर्न पएकोमा खुशी व्यक्त गर्नु भयो ।
यस केन्द्रमा कुल ३ हजार ३९ जना मतदाता रहेका छन् । जसमध्ये १ हजार ४ सय ४२ महिला र १ हजार ५ सय ९७ पुरुष मतदाता रहेका छन ।