तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.६४ अङ्कले ओरालो लागेर २ हजार ३५०.२ मा ओर्लेको हो ।

file photo

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अङ्कले घटेर ४५३.९६ मा पुगेको छ । कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर रु २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ मूल्यमा खरिद बिक्री भए ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारको कारोबारपछि बजार पुँजीकरण रु ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख ७० हजार बराबर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button