२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका स्वास्थ्य मन्त्रीद्वारा नर्स दिवसको शुभकामना  

रेडियो नेपाल २०७९ वैशाख २९ गते १५:३१

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरूको सेवा भाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिनुभएको छ । 

उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर शुभकामना व्यक्त गर्नुभएको हो । मन्त्री लामाले नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भएको बताउनुभएको छ । 

शुभकामना सन्देशमा मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरूले दृढता, प्रतिबद्धता र इमानदारीका साथ अहोरात्र खटेर सङ्क्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरूप्रति बिरामी र आम नागरिकको सम्मान र श्रद्धा बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ । 

मन्त्री लामाले नर्सको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारमा उल्लेख्य प्रगतिका लागि बिरामीको आत्मबल बढाउन दिइने निरन्तर हौसलाको स्वास्थ्य क्षेत्रमा सधैँ नै आवश्यकता भइरहनेसमेत बताउनुभएको छ  । 

अन्तर्राष्ट्रिय जगतमा नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा विश्वव्यापीकरण अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ । ‘नर्स नेतृत्वको लागि एक आवाज –विश्वव्यापी स्वास्थ्य सेवा सुरक्षित गर्नको लागि नर्सिङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नाराका साथ आज विश्वव्यापी रूपमा मनाइँदै छ । रासस

सम्बन्धित