तपाईँ सुन्दै हुनुहुन्छः

सबै मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा सबै मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिने तयारी रहेको जनाएको छ । 

आयोगको नियमित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मतदान केन्द्रमा सम्भव नभए पनि ७ सय ५३ वटै मतगणना स्थलमा भने सिसिटिभी क्यामेरा राख्ने र आयोगले केन्द्रबाट निरीक्षण गर्ने गरी तयारी रहेको जानकारी दिनुभयो । 

यस्तै, आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक समावेशी बनाई निर्वाचन प्रक्रियामा सहभागिता तथा प्रतिनिधित्व गराउन राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button