तपाईँ सुन्दै हुनुहुन्छः

न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि बागलुङ अदालतको सेवा प्रभावित

बागलुङ । जिल्ला अदालत बागलुङमा न्यायाधीश सहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा प्रभावित भएको छ ।

अधिकांश कर्मचारी बिरामी परेर कार्यालय आउनै नसक्ने भएपछि अदालतबाट प्रवाह हुने सेवा कटौती गरिएको हो ।

मुद्दाका पक्षहरू धेरै स्थानबाट आउनुपर्ने भएकोले सेवा कटौती गर्नुपरेको अदालतले जनाएको छ । सेवा कटौती भएपछि उच्च अदालत बार एसोसिएसन बागलुङले अत्यावश्यक सेवा प्रवाहका लागि सुझाव दिएको थियो ।

सोही अनुसार अदालतमा थुनछेक, म्याद थप, बन्दी प्रत्यक्षीकरण, मुद्दा दर्ता र चालु मुद्दाको मिलापत्र गराउने तथा पक्राउ पुर्जी जारी गर्ने लगायतका काम भने नियमित गर्न सुझाएको अध्यक्ष अखिलनाथ शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button