तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा बालुवा उत्खनन गरेर लैजाने २१ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

बीरगंज । पर्सा प्रहरीले वीरगन्जको भैडैया खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरेर लैजान लागेको अवस्थामा २१ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.३२ भैडैया खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी बिक्री वितरण गर्ने उद्देश्यले ल्याएको भन्ने सूचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाबाट प्रहरी गस्ती टोलीले ना.६ त ४१४२, ना.५ त ४२३९, ना.५ त २७९०, ना.६ त ४७९७, को २ त ३५२१, ना.१ त ७६०४, ना.५ त २६०५, प्रदेश २–०३–००१ त २८७२, ना.३ त ७६०४, प्रदेश ०२–०३–००१ त ३४४२, ना.५ त ८९६४, प्रदेश २–०३–००१ त ३२३४, ना.३ त २३५८, मे १ ट ४८२८, प्रदेश ०२–०३–००त ५०८, ना.६ त १३०३, ना.५ त ४१५६, ना.६ त १७५९, ना.६ त ४७९९, प्रदेश ०२–०३–००१ त ७९४ र प्रदेश ०२–००३–००१ त २८०९ नम्बरका ट्याक्टर नियन्त्रणमा लिई थप कारबाहीका लागि आजै वीरगन्ज महानगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button