तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घ, प्रदेश र स्थानीय चुनाव एकैसाथ गर्नुपर्छ: नेता अर्याल

वीरगन्ज । नव निर्वाचित राष्ट्रिय सभा सदस्य एवं नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य उर्मिला अर्यालले पाँच दलीय गठबन्धनलाई अझ मजबुत गरेर जानुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य अर्यालले राष्ट्रिय सभामा मधेस प्रदेशबाट आफूहरूको जित प्रतिगमनकारी विरुद्धको जित भएको दाबी गर्नुभयो ।

अर्यालले देशको आर्थिक अवस्था कमजोर रहेकोले मितव्ययिताको लागी सङ्घ, प्रदेश तथा स्थानीय चुनावसँगै होस भन्ने आफ्नो बिचार रहेको बताउनुभयो ।

संविधानले दिएको अधिकारको कारण महिलाहरू अहिले राजनीतिमा पनि हैसियत बनाउँदै अगाडी बढेको बताउँदै अब नेतृत्व लिने हैसियतमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले पाँच दलीय गठबन्धनले मधेस प्रदेशबाट आफु लगायत महम्द खालिदलाई भारी बहुमतले निर्वाचित गराएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा डाक्टर वाईवी थापा, पर्सा इन्चार्ज विजय महतो, संयोजक रामदरश कुशवाहा, प्रदेश सभा सदस्य पशमिना कादरी लगायतको उपस्थिति रहेको थियो ।

समाजवादी प्रेस सङ्गठन नेपालका पर्सा अध्यक्ष मनोज पटेलको सभापतित्वमा सुरु भएको कार्यक्रम सञ्चालन शम्भु सुमनले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button