तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेनले माघ २१ गतेबाट विद्यालय खोल्ने

अछाम । अछामको मङ्गलसेन नगरपालिकामा माघ २१ गतेबाट नियमित रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा दुई चरणमा सञ्चालित प्रधानाध्यापकहरूको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

नगर क्षेत्रभित्रका सबै विद्यालयहरूमा कक्षा १ देखी ५ सम्म नियमित रुपमा बिहान १० बजेदेखि २ बजेसम्म विद्यालय सञ्चालन गर्ने र कक्षा ६ देखि १२ सम्म वैकल्पिक शैक्षिक सिकाई आधारमा कक्षा अगाडी बढाउने निर्णय भएको नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलले बताउनुभयो ।

बैठकमा आसन्न नगर शिक्षा समितिको बैठकका लागि प्रधानाध्यापकहरूबाट सुझाव सङ्कलन गरिनुका साथै शैक्षिक क्यालेन्डर निर्माण र प्रकाशन तथा स्थानीय पाठ्यक्रम र एकिकृत पाठ्यक्रम सम्बन्धी पनि छलफल गरिएको थियो ।

यस्तै षोडशा माविका शिक्षक रूपराज भाटको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक दिवस मनाउने तथा राहतका लागि नगर कार्यपालिकामा अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकबाट गुणस्तरीय शिक्षाका लागि सरोकारवाला व्यक्ति, निकायसँगै शिक्षकहरू जिम्मेवार बन्नुपर्ने र अभिभावकलाई सचेतना जगाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button