२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

अति विपन्न परिवारलाई राहत रकम वितरण

अजय कुमार झा २०७८ माघ १४ गते १६:५०

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले कोरोनाका कारणले रोजगारी गुमाएका नगरका अति विपन्न वर्गका १ हजार २ सय ५० परिवारलाई २० हजारको दरले राहत रकम प्रदान गरेको छ ।

नगरपालिकामा बसोबास गर्ने डोम, मुसहर तथा चमार जातिका परिवारलाई जीविकोपार्जनका लागि उक्त रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले रकम प्रदान गर्नुभएको हो । निशर्त रुपमा प्रदान गरिएको राहत रकमबाट दलित परिवारको जीविकोपार्जनमा मद्दत पुग्ने विश्वास नगरपालिकाले गरेको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने वर्गको ज्याला कोरोना महामारीका कारणले खोसिएको भन्दै अति विपन्न परिवारलाई २ करोड ५० हजार रकम वितरण गरियो ।

नेपाल सरकारले पनि गरिब एवं विपन्न वर्गका व्यक्तिलाई १० हजार राहत रकम दिने घोषणा गरे पनि दिन नसकेको बेलामा नगरपालिकाले वितरण गरेकामा स्थानीय खुसी भएका छन् ।

घरको जिपिएस लोकेसन गरी रकम वितरण गरिएको नगरपालिकाका आई टी शाखाका प्रमुख अमर पंजियारले जानकारी दिनुभयो ।

राहत रकमले आफूहरूको गुजारामा ठूलो मद्दत पुगेको रामचन्द्र रामले बताउनुभयो ।

सम्बन्धित