तपाईँ सुन्दै हुनुहुन्छः

दश वर्षमा पाल्पाको जनसङ्ख्या घट्यो

पाल्पा । पाल्पा जिल्लाको जनसङ्ख्या घटेको छ । पछिल्लो दश वर्षमा पाल्पामा १८ हजार बढी जनसङ्ख्या घटेको हो । २०६८ को जनगणनामा पाल्पाको जनसङ्ख्या २ लाख ६१ हजार १ सय ८० रहेकोमा २०७८ को जनगणना अनुसार २ लाख ४२ हजार ४ सय २३ रहेको पाइएको छ । 

तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाको ९ वटा पालिकामा जनसङ्ख्या घटेको छ । एउटा पालिकामा भने जनसङ्ख्या बढेको छ । जिल्लाको ठूलो शहर भएर पनि तानसेनको जनसङ्ख्याको स्थिति घटेको छ ।

जिल्लाको निस्दीबाट सबैभन्दा बढी मानिस बसाइसराई भएका छन् । भौगोलिक हिसाबले दुर्गम भएकाले पनि निस्दीको जनसङ्ख्या कम हुँदै गएको अनुमान गरिएको छ । निस्दीपछि बगनासकाली गाउँपालिकाबाट समेत बसाइसराइ गर्ने मानिसको सङ्ख्या बढेको छ ।

यसले पनि बगनासकालीको जनसङ्ख्या चार हजार बढीले कम भएको छ । जिल्लाको माथागढी र तिनाउमा अन्य पालिकाको तुलनामा जनसङ्ख्या कम मात्रामा घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button