तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य गैरेलाई गठबन्धनको बधाई

पाल्पा । पाँच दलीय गठबन्धनले नव निर्वाचित राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई एक कार्यक्रमका बीच शुक्रवार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।  

शुक्रवार तानसेनमा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता यादव बहादुर रायमाझीले नवनिर्वाचित राष्ट्रिय सभा संसद् राजेन्द्रलक्ष्मी गैरेलाई बधाई तथा शुभकामना दिँदै गैरे लुम्बिनी प्रदेशकै संसद् भएकाले सम्पुर्ण मतदाताको हितमा काम गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसद्को दायित्व र भूमिकाको विषयमा प्रष्ट गर्नुभयो । 

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले गठबन्धनलाई कायम राख्न तल्लो तहबाटै नतिजा उन्मुख बनाउनु पर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले लोकतान्त्रिक भन्ने एमालेले संसद् अवरुद्ध गर्नु गैर लोकतान्त्रिक काम भएको बताउनुभयो । केन्द्रीय सदस्य घिमिरेले गठबन्धनका दलहरूले प्रतिगमनकारी विरुद्ध लामो गठबन्धन जारी रहने बताउनुभयो । उहाँले संसद् गैरेलाई अरूले भन्दा फरक काम गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे भावुक हुँदै राष्ट्रिय सभा सदस्य जस्तो ठूलो जिम्मेवारी पाउँछु जस्तो नलागेको बताउँदै आज केपी ओलीको प्रतिगमनले राष्ट्रिय सभा सदस्य बनाएको बताउनुभयो उहाँले आफु एमालेमा रहँदा पूर्वी पाल्पामा सङ्गठन निमार्णको क्रममा ठूलो सङ्घर्ष, गाली तथा लौरो समेत खाएको बताउनुभयो । राष्ट्रिय सभाको निर्वाचनले प्रतिगमनकारी र अहङ्कारीलाई पराजित गर्न सकिने उदाहरणको नमुनाको रुपमा सुरु भएको उहाँले बताउनुभयो । 

गठबन्धन संविधानलाई बचाउन र समाजवाद स्थापनाका लागि भएको उहाँको धारणा थियो  । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चा पाल्पामा अध्यक्ष विशाल दर्लामीले ओलीको प्रतिगामी कदमका विरुद्ध गठबन्धन बनेको भन्दै राष्ट्रिय सभा निर्वाचनमा समेत गठबन्धनकै नेता विजय भएको बताउनुभयो ।

पाल्पाबाट प्रतिनिधित्व गर्ने गैरे नेकपा एकिकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button