तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूतमा आचार्य नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिसमा आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button