तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम पथलैया कप फुटबल प्रतियोगिताको उपाधि बारा ११ फुटबल क्लबलाई

बारा । प्रथम पथलैया कप फुटबल प्रतियोगिताको उपाधि बारा ११ फुटबल क्लबले महेन्द्रनगर युवा क्लब, पिलुवालाई हराउँदै  जितेको छ । 

पथलैयास्थित श्रीकृष्ण मन्दिर मैदानमा भएको खेलमा बारा ११ ले महेन्द्रनगरमाथी १–० को सङ्घर्षपूर्ण जित हात पारेको हो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार नगद प्राप्त गरेका छन्  । 

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बारा ११ का कृपा चौधरी घोषित भएका छन् । उहाँले एक थान मोबाइल प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट फरवार्डको उपाधि नै घोषित हुनुभयो । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक महेन्द्रनगरका सन्देश थापा मगर, उत्कृष्ट मिडफिल्ड महेन्द्रनगरका सन्दिप मोक्तान, उत्कृष्ट डिफेन्स महेन्द्रनगरका सुरेश वाइबा घोषित हुनुभयो । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार महेन्द्रनगरका आकाश राना हात पार्नुभयो । उहाँले प्रतियोगिता अवधिभर चार गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक बारा ११ का सुलभजंग राणा घोषित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button