तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली ।  भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।  

बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार  ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ ।  भारतमा अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २२ लाख २  हजार ४७२ रहेको छ ।    

कुल सङ्क्रमितहरू मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये तीन लाख ६  हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । 

यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button