तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता नामावली सङ्कलन स्थगित

पाल्पा। पाल्पामा मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ ।

मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोभिड १९ सङ्क्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । आजदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट हुँदै आएको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएको हो ।

फोटोसहितको मतदाता नामावली सङ्कलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औँठाछाप लगाउनुपर्ने हुँदा सङ्क्रमणको जोखिम हुने भएकाले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button