राजविराज । सप्तरीमा एक ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोक भन्ने स्थानमा पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।
कुखुराको दाना बोकेर गइरहेको सो ट्रकमा मध्ये राती आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।
ट्रकमा किन र कसले आगजनी गरेको हो भन्नु खुलिनसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको यादवले जानकारी दिनुभयो । ट्रक चालक पनि सम्पर्कमा नरहेको र खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । आगजनीबाट ट्रक पूर्ण रुपमा जलेको छ ।