तपाईँ सुन्दै हुनुहुन्छः

आज जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

काठमाडौं। केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरिँदैछ । भर्चुअल पत्रकार सम्मेलन विभागले आज बुधबार गत मङ्सिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो । 

आज परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या,  विदेशमा रहेकाहरूको सङ्ख्या लगायतको तथ्यांक आज सार्वजनिक गर्न लागिएको हो । 
जनगणनाको विस्तृत नतिजा भने आठदेखि नौ महिनामा सार्वजनिक हुने विभागका उपनिर्देशक हेमराज रेग्मी बताउनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button