तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइनबाट राजस्व भुक्तानीको परीक्षण सफल

काठमाडौँ । भन्सार विन्दुमा अनलाइनबाट राजस्व भुक्तानीको परीक्षण सफल भएको छ ।

७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सबै त्रिवि भन्सारसहित २४ भन्सार कार्यालयहरूमा भोलिदेखि अनलाइनबाट राजस्व भुक्तानीको कार्य शुरु हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा हुने निकासी पैठारीको महसुल अनलाइन भुक्तानीको अर्थमन्त्री जर्नादन शर्माले बुधवार शुरुवात गर्नुहुने कार्यक्रम रहेको भन्सार विभागले जनाएको छ ।

बुधवारदेखि नै देशका विभिन्न २४ वटा भन्सार कार्यालयहरूमा अनलाइनको माध्यमबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गर्ने तयारी रहेको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खडकाले जानकारी दिनुभयो ।

पुस एक गतेदेखि परीक्षणको रुपमा सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट सुरु गरिएको अनलाइनमा आधारित भुक्तानी प्रणाली सफल भएपछि भन्सार विभागले देशभर यो प्रणाली विस्तार गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button