तपाईँ सुन्दै हुनुहुन्छः

थ्री स्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

कास्की । विभागीय त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बलियो प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई १-० गोलले पाखा लगाउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रङ्गशालामा मङ्गलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा थ्री स्टारलाई हराउन आर्मीका राजीव गुरुङले ७० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार मनाङ मर्स्याङ्दीको सामना गर्नेछ ।

फाइनल प्रवेशका लागि बुधवार मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबिच खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button