तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा मङ्गलवार ५० जनामा कोरोना संक्रमण पुष्टि

दोलखा । कोरोना भाईरस कोभिड –१९ को तेस्रो लहर सुरु भएयता दोलखामा मङ्गलवार सर्वाधिक ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई नगरपालिका तथा सात गाउँपालिकामा एक सय छ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय दोलखाका अनुसार त्यसरी संक्रमण पुष्टि हुनेहरूमा भीमेश्वर नगरपालिकाका १० जना, कालिन्चोक गाउँपालिकाका चार जना, विगु र गौरीशङ्कर गाउँपालिकाका एक/एक जना, तामाकोसी र बैतेश्वर गाउँपालिकाका १७/१७ जना रहेका छन् ।

जिल्लामा हाल एक सय आठ जना महिला र एक सय १७ जना पुरुष गरी दुई सय २५ जना सक्रिय संक्रमित रहेको तथा उनीहरू सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय दोलखाले मङ्गलवार एक सूचना जारी गर्दै बुधवारदेखि कार्यालयले प्रवाह गर्दै आएको शान्ति सुरक्षा र अत्यावश्यक बाहेकका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको जनाएको छ ।

कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र थप केही कर्मचारीहरूलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले आगामी माघ १६ गते आइतबार सम्मका लागि कार्यालयबाट प्रवाह हुँदै आएको शान्ति सुरक्षा र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button