तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा मतदाता नामावली सङ्कलन कार्य स्थगित

पाल्पा । पाल्पामा मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ ।

मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोभिड सङ्क्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

भोलि (बुधवार) बाट लागु हुने गरी अर्को सूचना नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला निर्वाचन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट हुँदै आएको फोटो सहितको मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिएको हो ।

फोटो सहितको मतदाता नामावली सङ्कलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औँठाछाप लगाउनुपर्ने कार्य धेरै जनाको एउटै किड्सबाट गर्नुपर्ने हुँदा सङ्क्रमणको जोखिम हुने भएकोले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button