तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीसहित ५२ जनामा कोरोना पुष्टि

जुम्ला।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीसहित ५२ जनालाई कोरोना संक्रमण पृष्टी भएको छ ।

९० जनालाई एन्टिजेन परीक्षण गर्दा ३७ जनालाई र १७ जनालाई पिसिआर परीक्षण गर्दा १५ जनालाई गरी जम्मा ५२ जनामा तेस्रो भेरिएन्टको ओमीक्रोन पृष्टी भएको हो । सङ्क्रमणको तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिको परीक्षण गरिँदा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले बताउनुभयो ।

कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा.राजीव शाह सहित विभिन्न वार्डमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । मेडिकल रेर्कडर बुढाले भन्नुभयो,“प्रतिष्ठानमै उपचार गर्न आएका बिरामीलाई परीक्षण गर्दा २२ जनालाई संक्रमण देखिएको छ । शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा ४ जना उपचारत छन् । अन्य सबै होम आइसोलेसनमा छन् ।”

जुम्लामा संक्रमण तथा रुघाखोकीसँग मिल्दाजुल्दा लक्ष्यण भएका बिरामी गाउँघरमा देखिए पनि कोरोना परीक्षण दायरा भने बढाइएको छैन । नगरपालिकामा भने खोप अभियानलाई तीव्र रुपमा अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button