२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेको बेलायतको आरोप

रेडियो नेपाल २०७८ माघ १० गते ९:०७

 लण्डन। रुसले युक्रेनलाई आफु अनुकूलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ ।

बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दाबी गरेको हो ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाउनुभयो । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ । 

रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहो¥याउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई आधारहीन आशङ्काको संज्ञा दिँदै आएको छ ।एएफपी

सम्बन्धित