तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा ३३ कट्ठा गाँजा र अफिम खेती नष्ट

मकवानपुर । मकवानपुर प्रहरीले २९ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ४ कट्ठामा लगाइएको अफिम खेती नष्ट गरेको छ ।

जिल्लाको बकैया गाउँपालिका–६, गढवान र भोगटे क्षेत्रमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय फापर बारीबाट खटिएको प्रहरी टोलीले गाँजा र अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा गाँजा, अफिम खेती हुने गरेकोमा पछिल्लो समय पूर्वी मकवानपुरमा पनि यस्को खेती सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button