तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा बाइपास सडक : वर्षेनी लगानी, उपलब्धि शून्य

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आइतबार प्रदेश राजधानी हेटौँडास्थित रातोमाटे–चौकिटोल बाइपास सडकको अनुगमन गर्नुभएको छ । समयमै सडक निर्माण नहुँदा हेटौँडा बजार क्षेत्रमा सवारी चाँप बढेकाले मुख्यमन्त्री पाण्डेले सडक निर्माणका विषयमा चासो लिनुभएको हो । 

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले हेटौँडा बजार बाहिरबाट बाइपास सडक निर्माण गर्न बजेट छुट्याएर काम सुरु गरेको हो । बाइपास सडक निर्माणका लागि प्रदेश सरकारले वर्षेनी लगानी गरेको भए पनि ठुला तथा भारी सवारीका साधन उक्त सडक भएर गुड्न नसक्दा हेटौँडाको मुख्य बजारमा सवारी चाँप बढेर ट्राफिक जाम हुने गरेको छ । प्रदेश सरकारले उक्त सडक निर्माण गर्न वर्षेनी लगानी गरेको भए पनि उपलब्धि भने शून्य जस्तै भएको छ । 

अनुगमनका क्रममा मुख्यमन्त्री पाण्डेले सडक निर्माण गर्नका सन्दर्भमा देखा परेका समस्याहरू र उक्त समस्या समाधानका लागि प्रदेश सरकार र सङ्घीय सरकारले गर्नुपर्ने पहलकदमीका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले बाइपास सडकको रेखाकंन तथा उक्त रेखाकंन अनुसार सडक निर्माण गर्दा अपनाउनु पर्ने सावधानीका सम्बन्धमा छलफल गर्नुहुँदै सम्बन्धित कार्यालयका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button