तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद पूर्वाधार अनिश्चित समयका लागि बन्द गर्ने राखेपको निर्णय

काठमाडौँ । पछिल्लो पटक नेपालमा व्यापक रुपमा फैलिएको कोभिडको नयाँ भेरियन्टका कारण राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना खेलकुद पूर्वाधार अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।

राखेपले एक सूचना जारी गर्दै तत्कालका लागि खेलकुदका सबै पूर्वाधार बन्द गर्ने निर्णय गरेको हो ।

file photo

जिल्ला प्रशासन कार्यालयको जारी आदेश अनुसार जिमखाना, रङ्गशाला, कभर्ड हल, पौडी पोखरी, फुटसल लगायतका मानिसको भिडभाड हुने अन्य कार्यक्रमहरू गर्न निषेध गरिएको जनाएको छ ।

राखेपको यो निर्णयपछि दशरथ रङ्गशालामा हुने मोरिसस विरुद्धको खेल पनि बन्द रङ्गशालामा गराउनुपर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button