तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर ६ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१३ हजार ३ सय ७७ नमूनाको पिसिआर परिक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमूनाको एन्टीजेन परिक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा २ हजार ८ सय ६८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ३ सय २१ गरी काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ७ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज १ हजार ४ सय १६ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् ।

फैलँदै ओमिक्रोनः ८८ प्रतिशतमा संक्रमण
नेपालमा कोरोना संक्रमित ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीर कुमार अधिकारीले पछिल्लो समय गरिएको जिन सिक्वीन्सीङको नतिजा अनुसार ३२ नमूनामध्ये २८ मा ओमिक्रोन संक्रमण देखिएको जानकारी दिनुभयो ।

एस जिन पोजेटिभ भए पनि परिक्षण गरिएका मध्ये ८८ प्रतिशत ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।

यस नतिजाले विश्वव्यापी अवस्था जस्तै नेपालमा पनि डेल्टा भेरियन्टको सङ्क्रमणलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमणले प्रतिस्थापन गदै गएको पुष्टि हुने अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button