तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठानका २१६ जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित

सुनसरी । सुनसरीको बिपी प्रतिष्ठान धरानमा अहिलेसम्म २१६ जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित हुनुभएको छ ।

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. विकास साहले दिएको जानकारी अनुसार बिहीबार, शुक्रवार र शनिवार गरी एनेस्थेसिया, सर्जरी, मेडिसिन, डर्मा, इएनटी, आई, अर्थाेपेडिक, पिडियाट्रिक, गाईनो, साईकेटिक, इमरजेन्सी र प्याथोलोजी विभागका ८१ जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसै गरी नर्स ११४ जना, हेल्पर १६ जना र हेल्थ एडका ५ जना गरी जम्मा २१६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यत्तिका धेरै स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भए पनि प्रतिष्ठानले आफूले दिने सेवा प्रवाह गरिरहेको डेपुटी अस्पताल निर्देशक डा. साहले बताउनुभयो । उहाँका अनुसार केही शल्यक्रिया गर्ने डाक्टर पनि सङ्क्रमित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button