तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना

सिन्धुपाल्चोक । मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मेलम्चीको नगर अस्पतालमामा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा जडान गरिएको ४८ सिलिण्डर क्षमता प्लान्ट बाट अक्सिजन उत्पादन सुरु भएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताउनुभयो । उहाँले दैनिक ४८ सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत दाबी गर्नुभयो । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । 

झण्डै रु ९५ लाख लगानीमा भवन सहित अक्सिजन प्लान्ट निमार्ण भएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरसैनीले जानकारी दिनुभयो । अक्सिजन प्लान्ट स्थापना भएसँगै मेलम्ची, हेलम्बु, पाँच पोखरी, इन्द्रावती लगायतका यस भेग आसपासका नागरिकलाई सहज हुने मेलम्ची नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button