तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ बस्तीमा खोप अभियान सुरु

मकवानपुर । मकवानपुरको चेपाङ बस्तीमा आजबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले चेपाङ बहुलता भएका जिल्लाका दुई गाउँपालिकामा आजदेखि खोप अभियान सुरु गरेको हो ।

चेपाङ बाहुल्यता रहेको जिल्लाका विकट राक्सिराङ र कैलाश गाउँपालिकाका निकै कम स्थानीयले कोरोनाविरुद्धको खोप लगाएका कारण कार्यालयले आजबाट गाउँ, टोलमै पुगेर खोप अभियान सञ्चालन गरेको हो ।

दुवै गाउँपालिकाले माघ १५ गतेसम्म दुवै खोप नलगाएका बासिन्दालाई कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने निर्णय समेत गरेको छ ।

खोप लगाउन राक्सिराङमा ११ वटा र कैलाशमा १० वटा टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीम सागर गुरागाईँले जानकारी दिनुभयो ।

टोलीले आजबाट सबै वडाका टोल टोलमा पुगेर खोप लगाउन सुरु गरेको उहाँले बताउनुभयो । दुवै गाउँपालिमा ३० प्रतिशत भन्दा कमले मात्र दुवै मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button