तपाईँ सुन्दै हुनुहुन्छः

७३ वर्षीया जसुदालाई घरमै नागरिकता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका ४, राना गाउँकी जसुदा नेपाली ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाउँदा खुसीले गद्गद हुनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले शुक्रवार घरमै पुगेर जसुदालाई नागरिकताको प्रमाण पत्र दिनुभएको हो ।

‘प्यारालाइसिस रोगले थला परी अपाङ्ग भएर हिँडडुल गर्न समेत नसक्ने भएको जानकारी प्राप्त भएपछि घर गएर उहाँलाई नागरिकता प्रदान गरियो’ प्रजिअ देवकोटाको भनाइ छ ।

जाजरकोटमा यसरी पहिलो पटक घरमै गएर नागरिकता दिएको प्रजिअ देवकोटाले बताउनुभयो । अपाङ्ग भएर नागरिकता बनाउनबाट वञ्चित हुनुभएको छ भने त्यस्ता व्यक्तिलाई घरैमा गएर नागरिकता दिन प्रतिबद्ध रहेको देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button