तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा राष्ट्रिय र क्षेत्रीय स्तरको क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । क्रिकेट एसोसिएसन अफ मकवानपुरले कोभिड महामारी सकिएसँगै हेटौँडामा राष्ट्रिय र क्षेत्रीय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सङ्घको शुक्रवार हेटौँडामा सम्पन्न साधारण सभाले कोभिडको अवस्था हेरेर प्रतियोगिताको मिति तय गर्ने र आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको हो ।

सङ्घ अध्यक्ष वासुलाल श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा क्यान केन्द्रीय सदस्य करण महत्रा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा कार्यवाहक सचिव विनोद बानियाँ र कोषाध्यक्ष अनुप सिनोरियाले पेश गरेको क्रमशः प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । साधारण सभामा सङ्घको पूर्व अध्यक्ष तथा प्रदेश र केन्द्रीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button