तपाईँ सुन्दै हुनुहुन्छः

अवैध भारतीय र नक्कली नेपाली नोटसहित २ जना पक्राउ

महोत्तरी । महोत्तरीबाट अवैध भारतीय नोट र नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन् ।

महोत्तरीमा अवैध भारतीय नोटसहित १ जना र नक्कली नोटसहित १ जना गरी दुई जना पक्राउ परेका हुन् । जिल्लाको सीमा नाका स्थित भिठामोडबाट अवैध भारतीय रुपैयाँसहित भारत विहारको सितामढी सुरसण्ड ६ बस्ने ३९ वर्षीय उदय कुमार साह पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट कालो रङ्गको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको भारतीय रुपैयाँ ९ लाख ९७ हजार ९ सय ५० बरामद गरेको हो ।

त्यस्तै महोत्तरी मटिहानीबाट नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिक जना पक्राउ परेका छन् ।

नेपाली रकम एक हजार दरको २ थान नक्कली नोटसहित भारत सितामढी ग्राम पञ्चायत देआरावारी बस्ने ४० वर्षीय नुरुल होदालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button