तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

मकवानपुर । हिमपातका कारण अवरुद्ध भएको हेटौँडा हुँदै काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सुचारु भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बाक्लो हिमपात हुँदा अवरुद्ध भएको त्रिभुवन राजपथ दिउँसोबाट दुईतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गए रातिदेखि भएको हिमपातका कारण करिब ३–४ किलोमिटर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । थाहा नगरपालिकाको आवश्यक सहयोगद्वारा राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

त्यस क्षेत्रमा यस वर्ष हिमपात भएको यो दोस्रो पटक हो । हिमपात भएसँगै हिउँ खेल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button